सुनको मूल्य प्रतितोला २३८३००
साताको कारोबारको तेस्रो दिन मंगलवार सुनको मूल्य घटेको छ। कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला १४०० रुपैयाँले घटेको हो ।
कारोबारको अघिल्लो दिन प्रतितोला २३९७०० रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज १४०० रुपैयाँले घटेर २३८३०० रुपैयाँमा कारोबार भईरहेको छ ।
यता चाँदीको मूल्य ४५ रुपैयाँले घटेर प्रतितोला ३०१५ रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
