३३ औँ विश्व प्रेस स्वतन्त्रता दिवस का अवसरमा मानव अधिकार तथा शान्ति समाज चितवन द्वारा बिभिन्न प्लेकार्ड र ब्यानर सहित प्रदर्शन
३३ औँ विश्व प्रेस स्वतन्त्रता दिवस (३ मे)का अवसरमा मानव अधिकार तथा शान्ति समाज चितवन शाखाले मिति २०८३ बैशाख २० गतेका दिन भरतपुरको चौबिसकोठीमा बिभिन्न प्लेकार्ड र ब्यानर सहित प्रदर्शन कार्यक्रम सम्पन्न गरेको छ । उक्त प्रर्दर्शन कार्यक्रममा

१.नेपालको संविधानको प्रस्तावनाःलोकतान्त्रिक शासन प्रणाली,मानव अधिकार र पूर्ण प्रेस स्वतन्त्रता
-सरकार:प्रेसलाई निरुत्साहित गर्ने होइन, उत्साहित गर्ने नीति लागू गर
-पूर्ण प्रेस स्वतन्त्रताका लागि राज्यको दायित्व निर्वाह गर
-पत्रकारहरूको सामाजिक सुरक्षाको ग्यारेन्टी गर
-शोषणको चपेटामा परेका श्रमजीवी पत्रकारहरूलाई न्याय देउ
-डिजिटल हिंसामा संलग्नहरूलाई कानुनी कारबाही गर
२.आजको आवश्यकता: व्यावसायिक नैतिकता र श्रमजीवी पत्रकारहरूको सुरक्षा
-लोकतन्त्र र स्वतन्त्रताको रक्षाका खातिर पत्रकारिता
-राजनीतिक स्वार्थको दलदलबाट मुक्त पत्रकारिता
स्वार्थबाट मुक्त पत्रकारिता
-अवाञ्छित स्वार्थको बाछिटाबाट मुक्त पत्रकारिता
-हिंसा र घृणामुक्त एवम् सद्भावयुक्त भन्ने नारा लेखिएका प्ले कार्ड तथा ब्यनर सहितको मानव अधिकारवादीहरूको उपस्थित समूहले उक्त प्रदर्शन कार्यक्रम सम्पन्न गरिएको सो कार्यक्रममा बोल्दै मानव अधिकार तथा शान्ति समाज केन्द्रीय सस्थापक सदस्य कृष्ण कडेल बोल्नुहुन्दै प्रेस स्वतन्त्रता दिवसको बारेमा स्पस्ट पार्नु भएको थियो भने समाजका सचिव जयन्ति प्रसाद उपाध्यायले सन्चालन गर्नुभएको कार्यक्रममा शाखा सभापति अधिवत्ता पूर्ण चन्द्र चापागाईले प्रेस जगत र आम नागरिकको सम्बन्धको बारेमा बताउनु हुदै आम नागरिकको स्वतन्त्रताको लागि लोकतन्त्रको अपरिहार्य भएको र लोकलन्त्रको सम्रक्षणको लागि प्रेस जगतको महत्वपूर्ण योगदान रहेको प्रेस स्वन्त्रताका लागि नागरिक समाज तथा आम नागरिकको त्यति नै योगदान रहने कुरामा प्रकाश पार्नु भएको थियो ।

सो अवसरमा ३३ औ बिश्व प्रेस स्वतन्त्रताको शुभकामना ब्यक्त गर्नु हुदै सो कार्यक्रममा उपस्थित हुनुभएका केन्द्रीय सस्थापक सदस्य कृष्ण कडेल, मुक्तिनाथ घिमिरे, शोभाखर भुसाल, जिवन के सी, जयन्ति प्रसाद उपाध्याय, सुमी गौतम, रुबिशा कोइराला, जानकी क्षेत्री, खेमराज अधिकारी, जनुका दवाडी, अधिवत्ता श्रीराम सापकोटा, कमलराज कडेल, बिश्वराज ढुङ्गाना, प्रेम प्रसाद अर्याल, सुस्मीता खाती, साबित्री कोइराला, यमुना कडेल, सनिज पौडेल, केशब काफ्ले, श्रीजन सापकोटा, लगायतको उपस्थिति रहेकोथियो भन्ने कुराको जानकारी शाखा सभापति अधिबक्ता पूर्ण चन्द्र चापागाईले बताउनुभयो ।
