भूमिहीन तथा अव्यवस्थित बसोबासीहरूले प्रदर्शन सहभागीहरूले सरकारको अत्याचार रोक्न माग गर्दै चर्को नाराबाजी
बालेन शाह नेतृत्वको सरकारको कदमप्रति असन्तुष्टि जनाउँदै रुपन्देहीको बुटवलमा भूमिहीन तथा अव्यवस्थित बसोबासीहरूले प्रदर्शन गरेका छन्। आइतबार आयोजित प्रदर्शनमा सहभागीहरूले सरकारको ‘अत्याचार’ रोक्न माग गर्दै चर्को नाराबाजी गरेका हुन्।
प्रदर्शनकारीहरूले सुकुम्बासी बस्ती हटाउने कार्यलाई लक्षित गर्दै सरकारको कदमप्रति विरोध जनाएका थिए। उनीहरूले हालको नीति र कार्यशैलीका कारण आफूहरू थप समस्यामा परेको दाबी गरेका छन्। सहभागीहरूले सरकारको कदम तत्काल नरोकिने हो भने देशभरबाट रास्वपाका नेताहरूलाई लखेट्ने चेतावनी समेत दिएका छन्।
बुटवलमा भएको यस प्रदर्शनसँगै सुकुम्बासी व्यवस्थापन र बस्ती हटाउने विषयमा सरकारको नीतिप्रति असन्तुष्टि सार्वजनिक रूपमा देखिन थालेको छ।
