श्रवण कुमार थापाको मृत्युलाई ७ वर्षपछि प्रहरीले योजनाबद्ध हत्याकाे पुष्टि
२०७६ असार ३१ गते बर्दिबासमा भएको श्रवण कुमार थापाको मृ’त्युलाई ७ वर्षपछि प्रहरीले ‘योजनाबद्ध ह’त्या’ पुष्टि गरेको छ। सुरुमा सामान्य सवारी दु’र्घ’टना मानिएको यो घ’ट’नामा डीएसपी विकास बमको कमाण्ड र डीआईजी गोविन्द थपलियाको निर्देशनमा भएको सुक्ष्म अनुसन्धानले नयाँ तथ्य खोलेको हो।
अनुसन्धानका अनुसार, श्रीमती पूजा थापाले आफ्नी आमा र ५ दिदीबहिनीसँग मिलेर ३ लाख ५० हजार रुपैयाँ ‘सुपारी’ दिई श्रीमानको ह’त्या गराएकी थिइन्। भारतको गोवामा लुकेर बसेका अभियुक्तहरूलाई नेपाल-भारत समन्वयमा बाँके सीमाबाट प’क्राउ गरिएको हो। प’क्रा’उ पर्नेमा श्रीमती पूजा, सालीहरू निशा र आरती बस्नेत रहेका छन्। अन्य ३ दिदीबहिनी र आमा अझै फरार छन् भने यसअघि प’क्रा’उ परेका ४ ‘सुपारी कि’लर’ भदौको आ’न्दो’लनका क्र’ममा जे’लबाट भागेका थिए।
