गरिव जनताले चुलाे चलाउन घरेलु उधमसिलता तालिम खैत महाेदय-सांसद रञ्जु दर्शना?
प्रतिनिधिसभामा आफ्ना लागि संसदीय अभ्याससम्बन्धी तालिमको लागि राज्य बजेट विनियोजन गर्नुपर्ने सांसद रञ्जु दर्शनाले दिएपछि राजनीतिक वृत्तमा बहस सुरु भएको छ।संसद्मा उनले नयाँ सांसदहरूलाई संसदीय अभ्यास र कार्यप्रणालीबारे व्यवस्थित तालिम आवश्यक रहेको उल्लेख गर्दै त्यसका लागि राज्यले बजेट व्यवस्था गर्नुपर्ने धारणा राखेकी थिइन्।
यस अभिव्यक्तिपछि सामाजिक सञ्जालदेखि राजनीतिक क्षेत्रसम्म विभिन्न प्रतिक्रिया देखिएका छन्। कतिपयले यसलाई सांसदहरूको क्षमता विकाससँग जोडेर हेरेका छन् भने केहीले संसद्को भूमिकासम्बन्धी प्रश्न उठाएका छन्।रञ्जु दर्शनाले विगतमा विभिन्न राजनीतिक आन्दोलन तथा वैकल्पिक राजनीतिक अभियानमार्फत सक्रियता जनाउँदै आएकी थिइन्। उनी पछिल्लो प्रतिनिधिसभा निर्वाचनमा काठमाडौँ–१ बाट निर्वाचित भएकी हुन्।राजनीतिक विश्लेषकहरूले सांसदहरूको प्रारम्भिक तालिम र संसदीय अभिमुखीकरण आवश्यक भए पनि त्यसको मोडेल र स्रोतबारे स्पष्ट नीति आवश्यक हुने टिप्पणी गरेका छन्।
