रुदै हात जोडेर बिन्ती गर्दा पनि कसैले सुनेन एक गरिब आमाको पिडा।

Spread the love

सबिना प्रजा

सडक छेउमा पानी र चाउचाउ बेचेर परिवार पाल्दै आएको एक गरिब परिवारको वर्षौंको मेहनतले किनेको टेम्पो आँखै अगाडि डिभिजन बन कार्यालयका कर्मचारीले भिरबाट खसालियो “सामान झार्न दिनुहोस्” भन्दै रुदै हात जोडेर बिन्ती गर्दा पनि कसैले सुनेन एक गरिब आमाको पिडा।

त्यो टेम्पो केवल सवारी साधन थिएन, त्यो परिवारको पेट पाल्ने आधार, छोराछोरीको भविष्य र गरिब आमाको सपना थियो। आज टेम्पो मात्र भिरबाट खसेन, एउटा गरिब परिवारको आशा पनि भत्कियो।गरिबसँग धन हुँदैन, पहुँच हुँदैन, शक्ति हुँदैन। उनीहरूसँग केवल आफ्नो मेहनत र आशा मात्र हुन्छ। तर जब त्यही आशा पनि खोसिन्छ, उनीहरू कहाँ जाने? कसलाई आफ्नो पीडा सुनाउदै कसले देला त न्याय गरिव परिवारकाे बिचल्लि सबैकाे चासाे बढेकाे बताउदछन् ।