भारतीय आँप आयातमा पूर्ण प्रतिबन्ध आँपमा किरामुक्त हट वाटर ट्रीटमेन्ट प्रमाणपत्र अनिवार्य
भारतबाट नेपाल भित्रिने आँपमा किरामुक्त (Pest-Free) प्रमाणपत्र अनिवार्य गरिएको छ भने हट वाटर ट्रीटमेन्ट (तातो पानी उपचार) प्रक्रिया पूरा भएको प्रमाण पनि आवश्यक पर्ने व्यवस्था गरिएको छ।यी नयाँ नियम लागू भएसँगै भारतीय आँपको आयातमा कमी आएको भए पनि आँप आयात पूर्ण रूपमा बन्द भने गरिएको छैन। सरकारले उपभोक्ताको स्वास्थ्य सुरक्षा र कृषि बालीलाई सम्भावित रोग तथा किराको जोखिमबाट जोगाउन यस्तो व्यवस्था लागू गरेको जनाएको छ।
