बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित

Spread the love

सबिना प्रजा

निर्वाचन समितिका अनुसार बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित भएका छन्। अत्यन्त प्रतिस्पर्धात्मक ४१६ मत प्राप्त गर्दा लामिछानेले ४१४ मत पाए। विद्युतीय मतदान प्रणालीमार्फत भएको निर्वाचनमा अर्यालले आवश्यक ५१ प्रतिशत मत हासिल गर्दै प्रदेश सभापतिको जिम्मेवारी हात पारेका हुन्।नवनिर्वाचित अर्याल यसअघि बागमती प्रदेश समितिको प्रवक्ताको जिम्मेवारीमा थिए। हेटौंडाका अर्यालले पार्टीको प्रदेश संगठनमा सक्रिय भूमिका निर्वाह गर्दै आएका थिए।

पराजित भएका लामिछाने भने नुवाकोट–२ का प्रतिनिधिसभा सदस्य तथा निवर्तमान प्रदेश सभापति हुन्।रास्वपाको विधानअनुसार प्रदेश सभापति बन्न कुल मतको कम्तीमा ५१ प्रतिशत समर्थन आवश्यक पर्ने व्यवस्था छ। निर्वाचनमा सुरुआतमा चार जना आकांक्षी देखिए पनि अन्तिम प्रतिस्पर्धा अर्याल र लामिछानेबीच सीमित भएको थियो।निर्वाचनको पहिलो चरणबाट सभापति र सदस्य चयन भएका छन् भने बाँकी पदाधिकारीका लागि दोस्रो चरणको मतदान हुने जनाइएको छ।