फेसलेस ट्राफिक व्यवस्थापन परीक्षणका रूपमा सुरु
सबिना प्रजा
उपत्यकाको ट्राफिक व्यवस्थापनलाई आधुनिक र प्रविधिमा आधारित बनाउन ‘फेसलेस ट्राफिक व्यवस्थापन प्रणाली’ परीक्षणका रूपमा सुरु गरिएको छ। पहिलो चरणमा यो प्रणाली थापाथली क्षेत्रमा लागू गरिएको हो।
नयाँ प्रणालीमार्फत सडकमा ट्राफिक प्रहरीको प्रत्यक्ष उपस्थितिबिना नै सवारी साधनको निगरानी गरिनेछ। कृत्रिम बुद्धिमत्ता, सीसीटीभी क्यामेरा र स्मार्ट ट्राफिक लाइटको सहायताले रेड लाइट उल्लंघन, लेन मिच्ने, तीव्र गतिमा सवारी चलाउनेलगायतका गतिविधि स्वतः पहिचान हुने व्यवस्था गरिएको छ।ट्राफिक प्रहरीले विवरण अद्यावधिक नराखे ई–चलानसम्बन्धी सूचना प्राप्त गर्न समस्या हुन सक्ने जनाएको छ। काठमाडौंको ट्राफिक व्यवस्थापनलाई स्मार्ट प्रणालीतर्फ अघि बढाउने यो कदमलाई महत्वपूर्ण सुधारका रूपमा हेरिएको छ।
