राजधानीमा वातावरणमैत्री आधुनिक सार्वजनिक यातायात विस्तार हुने अपेक्षा
सबिना प्रजा
मेट्रोपोलिटन ट्रान्सपोर्टले १६ वटा नयाँ विद्युतीय बस सञ्चालनमा ल्याएको छ।कम्पनीले यसअघि २०२५ मा १२ वटा विद्युतीय बस सञ्चालनमा ल्याइसकेको थियो। नयाँ बस थपिएसँगै राजधानीमा वातावरणमैत्री र आधुनिक सार्वजनिक यातायातको पहुँच विस्तार हुने अपेक्षा गरिएको छ।कम्पनीका अनुसार प्रत्येक बसमा ३३ वटा सिट रहेका छन् भने उभिएर यात्रा गर्ने यात्रुसहित एकैपटक करिब ७० जना यात्रु बोक्न सक्ने क्षमता छ।
यात्रु सेवामा सुधार ल्याउने लक्ष्यसहित सञ्चालनमा ल्याइएका यी बसहरू आधुनिक सुविधा, आरामदायी सिट तथा सुरक्षित यात्राका आवश्यक पूर्वाधारले सुसज्जित रहेको कम्पनीले जनाएको छ।
