उच्च पदमा पुगेका सबै व्यक्तिको सम्पत्ति छानबिन गर्ने

Spread the love

सबिना प्रजा

उच्च पदमा पुगेका व्यक्तिहरूको सम्पत्ति छानबिन गर्ने उद्देश्यले आयोग गठन गरेको थियो। तर आयोगको कार्यादेशमा नयाँ सांसद र पहिलो पटक मन्त्री बनेका व्यक्तिहरूको सम्पत्ति छानबिन गर्ने व्यवस्था समावेश गरिएको छैन।आयोगका सदस्य गणेश केसीका अनुसार अहिलेको संसद वा मन्त्रिपरिषद्मा पहिलो पटक प्रवेश गरेका व्यक्तिहरू आयोगको नियमित छानबिनको दायरामा पर्दैनन्।

तर दोस्रो पटक वा सोभन्दा बढी पटक सांसद बनेका व्यक्तिहरूको सम्पत्ति भने आयोगले अध्ययन गर्नेछ।यस विषयले राजनीतिक वृत्तमा नयाँ बहस सुरु गरेको छ। सरकारको सूचनामा उच्च पदमा पुगेका सबै व्यक्तिको सम्पत्ति छानबिन गर्ने उल्लेख भए पनि नयाँ सांसद र मन्त्रीहरू किन छानबिनको दायराबाहिर राखिए भन्ने प्रश्न उठ्न थालेको छ।यद्यपि आयोगले कुनै नयाँ सांसद वा मन्त्रीविरुद्ध उजुरी परेमा आवश्यक छानबिन गर्न सकिने जनाएको छ।