समाचार

स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टीले सबैभन्दा धेरै मत ल्याउने दाबी -कुलमान घिसिङ

Spread the love

हर्क साम्पाङसँग पार्टी एकताको चर्चाबारे सोधिएको प्रश्नमा घिसिङले संवाद र भेटघाट दुवै नभएको बताए। पार्टी एकताका लागि धेरै विषय मिल्नुपर्ने उल्लेख गर्दै उनले यस्तो निर्णय हचुवाका भरमा गर्न नहुने धारणा राखे।उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीसँग एकता हुने सम्भावना नरहेको बताएका छन्। निर्वाचन आयोगमा ज्ञापनपत्र बुझाएर फर्किने क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै उनले कुनै पनि पार्टीसँग एकताका लागि वार्ता वा भेटघाट नभएको स्पष्ट पारे।

विगतमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग भएको एकतालाई स्मरण गर्दै घिसिङले १२ दिनको एकताले आफ्नो पार्टीलाई ठूलो क्षति पुगेको बताए। उनले हर्क साम्पाङको पार्टी मात्रै नभई अन्य साना दलसँग पनि भविष्यमा एकताको सम्भावना हुन सक्ने भए पनि अहिले कुनै सम्भावना नरहेको स्पष्ट पारे।

घिसिङले आगामी स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टीले सबैभन्दा धेरै मत ल्याउने दाबीसमेत गरे। उनले निर्धारित समयमै निर्वाचन हुनुपर्ने माग राख्दै निर्वाचनको तयारीमा जोड दिएका छन्।