झोलाभित्र राखिएको २२ लाख, अमेरिकी डलर ४० चेकसहित तारालाल विश्वकर्मा होमबहादुर केसी नियन्त्रणमा

Spread the love

स्रोत नखुलेको २२ लाख रुपैयाँ नगदसहित क्रिप्टोकरेन्सी कारोबारमा संलग्न रहेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। स्रोत नखुलेको २२ लाख रुपैयाँ नगदसहित क्रिप्टोकरेन्सी कारोबारमा संलग्न रहेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको विशेष सूचनाका आधारमा प्रहरी वृत्त दरबारमार्गबाट खटिएको टोलीले असार ४ गते साँझ करिब ८ बजे लाजिम्पाटस्थित एक स्थानमा छापा मारेको थियो। सो क्रममा झोलाभित्र लुकाएर राखिएको नेपाली रुपैयाँ २२ लाख, अमेरिकी डलर ४० र रकम उल्लेख नगरिएका केही चेकसहित दुई जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।पक्राउ पर्नेमा नुवाकोटको म्यागङ गाउँपालिका घर भई हाल काठमाडौंको बुढानीलकण्ठ बस्ने ४७ वर्षीय तारालाल विश्वकर्मा र पर्वतको मोदी गाउँपालिका घर भई काठमाडौं महानगरपालिका–१६ बस्ने ५० वर्षीय होमबहादुर केसी रहेका छन्।

प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानका क्रममा तारालाल विश्वकर्माले प्रयोग गरेको मोबाइलमा रहेको ब्यालेन्स एपमार्फत करिब २० हजार युसडिटि बराबरको क्रिप्टोकरेन्सी कारोबार भएको विवरण फेला परेको छ।दुवै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धानका लागि काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिइएको प्रहरीले जनाएको छ।नेपालमा राष्ट्र बैंकको अनुमति बिना क्रिप्टोकरेन्सी कारोबार गैरकानुनी मानिने भएकाले प्रहरीले पछिल्लो समय यस्ता कारोबारमा निगरानी र कारबाहीलाई तीव्र बनाएको छ। पक्राउ परेका व्यक्तिहरूमाथि स्रोत नखुलेको रकम र क्रिप्टोकरेन्सी कारोबार दुवै विषयमा अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।