मानव अधिकार तथा शान्ति समाज द्वारा नागरिक संवाद कार्यक्रम सम्पन्न

Spread the love

चितवन भरतपुर

मानव अधिकार, शान्ति, लोकतन्त्र, अहिंसा, सद्भाव, सहिष्णुता, वातावरण र सामाजिक न्यायका लागि कार्य गर्ने उद्देश्यले २०५३ जेठ १९ गते संस्थापक सभापति कृष्ण पहाडीको नेतृत्वमा स्वयंसेवी संस्था मानव अधिकार तथा शान्ति समाजको स्थापना भएको थियो ।

सबैका लागि सबै मानव अधिकार भन्ने उद्घोष सहित मानवताको उच्चतम अभिव्यक्तिलाई जीवनको हरेक क्षेत्रमा प्रतिबिम्बित गर्ने पवित्र भावले स्थापित शान्ति समाज जगत्मुखी,जीवनमुखी,सेवामुखी अभियानमा समर्पित छ ।

शान्ति समाज स्थापनाको ३० औँ वार्षिकोत्सवका अवसरमा चितवनकाे भरतपुरमा “आदर्श नागरिक समाजको परिकल्पना ः शान्ति समाजले अवलम्बन गरेको बाटो” विषयक नागरिक संवाद तथा चियापान कार्यक्रम सम्पन्न भएको छ ।


शान्ति समाज चितवन शाखाका सभापति श्री पुर्णचन्द्र चापागाईंकाे अध्यक्षतामा सम्पन्न साे कार्यक्रमकाे प्रमुख वक्ता पुर्व केन्द्रीय उपसभापति उद्दव लाेहनि हुनुहुन्थ्यो ।

साथै केन्द्रीय सदस्य श्री शम्भु राउत , शान्ति समाज चितवन शाखाका संस्थापक सभापति दिल बहादुर बाेगटि , गैसस महासंघ चितवनका अध्यक्ष रामचन्द्र आचार्य , महिला अधिकारकर्मि सुस्मिता खाति लगायत करिब ४० जना अधिकारकर्मिकाे उपस्थिति रहेको नागरिक संवाद कार्यक्रमको सहजिकरण उपसभापति श्री जीवन के सीले गर्नुभएको थियो ।

नागरिक संवाद कार्यक्रम सम्पन्न ।