प्रक्रियामा समय व्यवस्थापन र सहभागिताका विभिन्न अभ्यास हुने भएकाले घटनालाई अतिरञ्जित गर्न नहुने
काठमाडौँ । स्वागतम नेपालले संसदमा राष्ट्रपति सम्बोधन गरिरहँदा प्रधानमन्त्री बाहिर निस्किएको विषयलाई लिएर उठेका प्रश्नप्रति प्रतिक्रिया दिएका छन्।
उनका अनुसार राष्ट्रपति रामचन्द्र पाैडेलले सम्बोधन गरिरहँदा प्रधानमन्त्री बाहिरिनु कुनै अमर्यादित व्यवहार नभई संसदीय परम्परा र अभ्यासको हिस्सा हो।
स्वागतम नेपालले यस घटनालाई गलत रूपमा व्याख्या गरिएको भन्दै यसको अर्थ राष्ट्रपति अयोग्य हुनुहुन्छ वा राजीनामा दिनुपर्छ भन्ने निष्कर्ष निकाल्नु उचित नहुने बताएका छन्।
उनको भनाइमा संसदीय प्रक्रियामा समय व्यवस्थापन र सहभागिताका विभिन्न अभ्यास हुने भएकाले घटनालाई अतिरञ्जित गर्न नहुने उल्लेख छ।
