सांस्कृतिक कूटनीतिक सम्बन्धआगामी सहकार्य का दृष्टिले महत्त्वपूर्ण
प्रधानमन्त्री बालेन्द्र शाह भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा सन् २०२६ नोभेम्बर २२ मा भारतको राजधानी नयाँदिल्ली पुगेका हुन्। प्रधानमन्त्री पद सम्हालेपछि उनको यो पहिलो औपचारिक द्विपक्षीय भारत भ्रमण हो।प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणका क्रममा नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय गोर्खा रेजिमेन्टका सैनिकहरू पनि स्वागतका लागि उपस्थित देखिएका छन्। उनीहरूको उपस्थितिले प्रधानमन्त्री शाहको स्वागत समारोहलाई थप विशेष बनाएको छ।
यस भ्रमणले विमानस्थलको स्वागत समारोहमा मात्र नभई अन्तर्राष्ट्रिय उडान ट्र्याकिङ प्लेटफर्ममा समेत उल्लेखनीय चर्चा पाएको छ।प्रधानमन्त्री शाह नियमित नेपाल वायुसेवा निगमको एयरबस A320 विमानमार्फत नयाँदिल्ली पुगेका थिए। उक्त विमानको उडान नम्बर RA217 लाई Flightradar24 मा एकैपटक २ हजार २०० भन्दा बढी प्रयोगकर्ताले ट्र्याक गरेका थिए।यससँगै प्रधानमन्त्री शाह सवार उक्त उडान विश्वकै सबैभन्दा धेरै ट्र्याक गरिएको उडान बनेको दाबी गरिएको छ। नियमित व्यावसायिक उडानमार्फत गरिएको उनको यात्राले अन्तर्राष्ट्रिय स्तरमा समेत ध्यान आकर्षित गरेको देखिएको छ।नेपाल र भारतबीच ऐतिहासिक, सांस्कृतिक तथा कूटनीतिक सम्बन्ध रहँदै आएको छ। प्रधानमन्त्री शाहको यस भ्रमणलाई दुई देशबीचको लामो समयदेखिको सम्बन्ध र आगामी सहकार्यका दृष्टिले महत्त्वपूर्ण घटनाका रूपमा हेरिएको छ।
