गगन थापा नेपाली कांग्रेसको सभापतिमा निर्वाचित
काठमान्डाै नेपाली काग्रेसकाे १५औँ महाधिवेशनबाट कुल ७ हजार ३१७ प्रतिनिधि रहेका थिए। तीमध्ये ७ हजार ३९ जनाले मतदान गरेका थिए।
सभापति पदको मतगणना सम्पन्न भए पनि अन्य पदका मतपेटिका भने पार्टी कार्यालय सानेपामा लगिएको समाचारमा उल्लेख छ।नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगनकुमार थापा पार्टी सभापतिमा निर्वाचित भएका छन्। शुक्रबार भएको निर्वाचनको मतगणना काठमाडौंस्थित राष्ट्रिय सभागृहमा सम्पन्न भएको हो।
निर्वाचनमा थापाले ६ हजार ५८४ मत प्राप्त गरे भने उनका प्रतिस्पर्धी श्यामकृष्ण खड्गीले ३७५ मत पाए। निर्वाचन समितिका अनुसार कुल ५४ मत बदर भएका थिए।
