अभिनेता विजय नेतृत्वको तमिलगा भेत्री कझगम (टीभीके) ले उल्लेखनीय अग्रता
काठमाडौं । भारत का चार राज्य र एक केन्द्रशासित प्रदेशमा सम्पन्न विधानसभा निर्वाचनको मतगणना सोमबार बिहानदेखि सुरु भएको छ।प्रारम्भिक नतिजाअनुसार तमिलनाडु मा अभिनेता विजय नेतृत्वको तमिलगा भेत्री कझगम (टीभीके) ले उल्लेखनीय अग्रता लिएको छ।
२३४ सिटमध्ये बहुमतका लागि ११८ आवश्यक पर्नेमा टीभीके १०५ सिटमा अगाडि देखिएको छ।यसैबीच एआईएडीएमके–कांग्रेस गठबन्धन ७६ सिटमा रहेको छ भने डीएमके–भारतीय जनता पार्टी (भाजपा) गठबन्धन ५१ सिटमा सीमित देखिएको छ।
पश्चिम बंगाल मा भारतीय जनता पार्टी र तृणमूल कांग्रेस बीच कडाप्रतिस्पर्धा देखिएको छ। भाजपाले १४७ सिटमा अग्रता लिँदा ममता बनर्जी नेतृत्वको तृणमूल १२७ सिटमा पछाडि छ।
असम मा हिमन्त बिस्वा सरमा नेतृत्वको भाजपा गठबन्धनले ९५ सिटमा अग्रता लिँदै स्पष्ट बहुमतको संकेत दिएको छ।
केरला मा युनाइटेड डेमोक्रेटिक फ्रन्ट ५९ सिटमा अगाडि रहँदा
एलडीएफ ४१ सिटमा पछि परेको छ।
पुडुचेरी मा भने भाजपा नेतृत्वको गठबन्धनले अग्रता कायम राखेको छ।
