सुशासन, पारदर्शिता र भ्रष्टाचारमुक्त समाज निर्माणमा प्रतिबद्ध व्यक्तित्वमाथि गरिएको व्यवहारप्रति आपत्ति
हेटौंडा÷ नेपाली कांग्रेस मकवानपुरले बागमती प्रदेशका सभापति एवं मुख्यमन्त्री इन्द्रबहादुर बानियाँमाथि गरिएको पछिल्लो कदमप्रति गम्भीर आपत्ति जनाएको छ ।
जिल्ला कार्यसमिति मकवानपुरद्वारा जारी प्रेस विज्ञप्तिमा राजनीतिक पूर्वाग्रहबाट प्रेरित भई सरकारले सम्पत्ति शुद्धीकरण अनुसन्धानको नाममा अस्वाभाविक तरिकाले कदम चालेको आरोप लगाइएको छ।

नेपाली कांग्रेस मकवानपुर सभापति बुद्ध लामाद्वारा हस्ताक्षरित विज्ञप्तिमा सामान्य सूचना र संवैधानिक प्रक्रियाको अवलम्बन नगरी गरिएको यस्तो कार्यले लोकतान्त्रिक मूल्य–मान्यतामाथि प्रहार गरेको उल्लेख गरिएको छ। पार्टीले यस घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै निष्पक्षता र पारदर्शिताको सिद्धान्त विपरीत गरिएको कुनै पनि गतिविधि स्वीकार्य नहुने स्पष्ट पारेको छ।
कांग्रेस मकवानपुरले राजनीतिक जीवनमा लामो समयदेखि सुशासन, पारदर्शिता र भ्रष्टाचारमुक्त समाज निर्माणमा प्रतिबद्ध व्यक्तित्वमाथि गरिएको व्यवहारप्रति आपत्ति जनाउँदै अनुसन्धानका नाममा गरिने कुनै पनि कार्य कानुनी प्रक्रिया र मानवीय मर्यादाभित्र रहनुपर्ने बताएको छ ।

विज्ञप्तिमा राज्यका निकायहरूद्वारा गरिने अनुसन्धानमा पूर्ण सहयोग रहने उल्लेख गर्दै लोकतन्त्र, मानवअधिकार र विधिको शासनको सम्मान हुनुपर्नेमा जोड दिइएको छ। साथै, यस्ता घटनाले सरकारको नियतमाथि प्रश्न उठाउने भन्दै पार्टीले कडा शब्दमा भर्त्सना गरेको छ।