नेपाल विद्युत प्राधिकरण ले आफ्ना होस्टेल खाली गर्न निर्देशन

Spread the love

काठमाडौँ । सुकुमबासी व्यवस्थापनका लागि स्थान उपलब्ध गराउने तयारीसँगै नेपाल विद्युत प्राधिकरण ले आफ्ना होस्टेल खाली गर्न निर्देशन दिएको छ।

प्राधिकरणको तालिम व्यवस्थापन विभागका निर्देशक मोतीलाल महताराले शनिबार सूचना जारी गर्दै खरिपाटीस्थित होस्टेल प्रयोग गरिरहेका प्रशिक्षार्थीलाई तोकिएको समयभित्र कोठा खाली गर्न भनेका हुन्।

सूचनाअनुसार प्रशिक्षार्थीहरूले वैशाख १९ गते अपराह्न ५ बजेसम्म होस्टेल खाली गर्नुपर्नेछ।

भक्तपुरको खरिपाटीमा सञ्चालन हुँदै आएको तालिम कार्यक्रमसमेत अस्थायी रूपमा स्थगित गरिएको छ। हाल सञ्चालनमा रहेको फोरमेन तालिमबाहेक अन्य सबै तालिम अर्को सूचना नभएसम्मका लागि रोकिएको प्राधिकरणले जनाएको छ।

सरकारले सुकुमबासी व्यवस्थापनका लागि होस्टेल उपलब्ध गराउन पत्राचार गरेपछि यस्तो निर्णय लिइएको प्राधिकरणको भनाइ छ।