शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले आफ्नो सम्पत्ति विवरणबारे उठेको विवादपछि विस्तृत प्रष्टीकरण
आइतबार सार्वजनिक विवरणमा २४ करोड १६ लाख रुपैयाँ बराबरको सम्पत्ति देखिएपछि उनी चर्चामा आएका थिए। त्यसपछि सोमबार फेसबुकमार्फत प्रतिक्रिया दिँदै उनले आफूले कानुनले मागेभन्दा बढी पारदर्शिता अपनाएको दाबी गरेका छन्।उनले बुवा, आमा र मावलीसम्मको संयुक्त सम्पत्ति सार्वजनिक गरेको उल्लेख गर्दै सबै सम्पत्ति इमान्दार मेहनतको कमाइ भएको बताएका छन्।
परिवारको आर्थिक पृष्ठभूमि उल्लेख गर्दै उनले आफ्ना बुवा नेपाल राष्ट्र बैंकमा करिब ३० वर्ष सेवा गरी कार्यकारी निर्देशकबाट अवकाश प्राप्त गरेको र अन्तर्राष्ट्रिय मुद्रा कोषसँग पनि सम्बन्ध रहेको बताएका छन्।जग्गाको मूल्य धेरै देखिनुको कारण बजार मूल्य उल्लेख गरिएको भन्दै उनले खरिद मूल्यभन्दा हालको मूल्य ५० गुणासम्म बढेको दाबी गरेका छन्प्यान नम्बर सार्वजनिक नगर्नुको कारण व्यक्तिगत सुरक्षालाई देखाउँदै उनले आफ्नो सम्पूर्ण विवरण पारदर्शी रहेको बताएका छन्।
