रामबहादुर थापा ले प्रतिनिधिसभामा दिएको अभिव्यक्तिले पार्टीभित्र व्यापक तरंग उत्पन्न

Spread the love

संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले प्रतिनिधिसभामा दिएको अभिव्यक्तिले पार्टीभित्र व्यापक तरंग उत्पन्न गरेको छ। शुक्रबार बसेको एमाले सचिवालय बैठकमा उक्त विषयलाई लिएर करिब ६ घण्टा लामो छलफल भएको स्रोतले जनाएको छ।बैठकमा अधिकांश नेताहरूले बादलको अभिव्यक्तिको कडा आलोचना गर्दै उनको कार्यशैली अझै माओवादी प्रभावबाट मुक्त नभएको टिप्पणी गरेका थिए। केही नेताहरूले त संसदीय दलको नेतृत्व नै परिवर्तन गर्नुपर्ने प्रस्तावसमेत अघि सारेको बताइएको छ।

स्रोतका अनुसार बैठकमा बादलमाथि तीव्र असन्तुष्टि व्यक्त गरिएको थियो। आफ्नो भनाइबारे स्पष्ट पार्दै बादलले संसदमा सम्बोधनका क्रममा आफू केही भावुक भएको बताएका थिए र त्यसै रूपमा लिन आग्रह गरेका थिए। तर, उनको स्पष्टीकरणले नेताहरूलाई पूर्ण रूपमा विश्वस्त बनाउन सकेन।पार्टीभित्र बढ्दो असन्तुष्टिका बीच उनलाई संसदीय दलको नेताबाट हटाउने सम्भावनाबारे समेत छलफल सुरु भएको बताइएको छ, जसले एमालेभित्रको आन्तरिक विवादलाई थप तीव्र बनाएको छ।