किशोरी मैत्री स्वास्थ्य तथा सरसफाइ सचेतना मुलक कार्यक्रम सम्पन्न

Spread the love

पूर्णचन्द्र चापागाई
श्री हिमालय आधारभूत विद्यालय भरतपुर–११ को आयाेजनामामा बिध्यालय ब्यावस्थापन समितिका का अध्यक्ष वरिष्ठ अधिवक्ता श्री जगन्नाथ भण्डारीले अध्यक्षतामा प्रमुख अतिथि मौलाकालिका सामुदायिक अस्पताल प्रा.लि का प्रबन्ध निर्देशक डा. केशवराज भूर्तेलले गर्नु भएको थियो ।


कार्यक्रमलाई सम्बोधन गर्दै विध्व्ययालय ब्यावस्थापन समितिका अध्यक्ष वरिष्ठ अधिवक्ता जगन्नाथ भण्डारीले वर्तमान परिवेशमा पढाइ मात्रै होइन हरेक क्षेत्रमा सिकाइको आवश्यकता रहेको र सिकाइ जीवन उपयोगी र प्रभावकारी हुनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा वडा प्रतिनिधि सीता रनपालले सिकेका कुरा व्यवहारमा कार्यान्वयन भएन भने कार्यक्रम सफल नहुने कुरा बताउँदै व्यवहार कुशल सीप विकासमा जोड दिनुभयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि डा. केशवराज भूर्तेलले शारीरिक परिवर्तन उमेरसँगै हुने स्वभाविक प्रक्रिया भएको बताउँदै आत्तिन नपर्ने र सधैं स्वास्थ्य सतर्कता अपनाउन सचेत गराउनुभयो । महिला तथा बालबालिका कार्यालय रत्ननगर नगरपालिकाकी अधिकृत दीपा भट्टराईले बालबालिकाको अधिकार र कर्तव्य सम्बन्धी संवैधानिक र कानुनी व्यवस्थाका बारेमा जानकारी गराउनुभयो ।
सहजकर्ता बिमला पौडेलले बाहिरी र भित्री सुन्दरताको महत्व र कार्यविधि सम्बन्धी प्रयोगात्मक अभ्यास गराउनुभयो । कार्यक्रममा कक्षा ४–७ सम्मका सम्पूर्ण छात्राहरू, विध्यालय ब्यावस्थापन समितिका अध्यक्ष संघ, मातृ शक्ति परिचालन समिति, शिक्षक स्टाफ लगायत सरोकारवालाहरूको उल्लेख्य उपस्थिति रहेको थियो भने विद्यालयका सहायक प्रधानाध्यापक सीता ढकालद्वारा सञ्चालन गरिएको कार्यक्रममा शिक्षक सरस्वती अधिकारीले स्वागत मन्तव्य राख्नुभएको थियाे ।