ओभरटेक गर्ने विषयलाई लिएर दुई जना मोटरसाइकल राइडर माथि बीच सडकमै कुटपिट गर्ने कार चालकको पहिचान खुल्याे

Spread the love

जिल्ला प्रहरी परिसर भक्तपुरका प्रवक्ता प्रकाश जबेगु लिम्बुले सामाजिक सञ्जालमा घटनाको भिडिओ भाइरल भएपछि प्रहरीले चालकको खोजीलाई तीव्र बनाएको बताएका छन्। प्रहरीले पक्राउ परेपछि मात्रै औपचारिक रूपमा नाम सार्वजनिक गर्ने तयारी गरेको जनाएको छ।

ओपन सोर्स इन्टेलिजेन्स विधिबाट गरिएको अनुसन्धान र स्थानीय व्यवसायीले दिएको जानकारीका आधारमा ती व्यक्ति भक्तपुरको नगरकोटका अनुप लामा रहेको खुलेको बताइएको छ। भाइरल भिडिओसँग सामाजिक सञ्जालमा रहेका उनका भिडिओ, गेटअप, फेसियल रिग्निसन तथा लोकेसनको आधारमा उनको पहिचान भएको जनाइएको छ। लामाको मोबाइल नम्बरमा सम्पर्क गर्दा भने फोन स्विच अफ रहेको पाइएको छ।

यसैबीच सामाजिक सञ्जालमा चालक पक्राउ परिसकेको भन्दै केही एआईद्वारा सिर्जित भिडिओहरू पनि भाइरल भएका छन्। तर प्रहरीले ती दाबीको खण्डन गर्दै चालक अझै पक्राउ नपरेको स्पष्ट पारेको छ।

शनिबार भक्तपुरको तेलकोट (नगरकोट) सडकखण्डमा ओभरटेक गर्ने विषयलाई लिएर दुई जना मोटरसाइकल राइडर (भ्लगर) माथि बीच सडकमै कुटपिट गर्ने कार चालकको पहिचान खुलेको छ। जिल्ला प्रहरी परिसर भक्तपुरका अनुसार कुटपिट र अभद्र व्यवहारमा संलग्न व्यक्तिको नाम, ठेगाना तथा सम्पर्क नम्बर फेला परिसकेको छ। प्रहरीका अनुसार ती व्यक्ति हाल फरार रहेका छन् र उनको खोजी कार्य जारी रहेको छ।