निर्वाचनको समयमा नेपाल आयल निगमले ७ प्रदेशका ११ वटा कार्यालय खुला राख्ने
निर्वाचनको समयमा पेट्रोलियम पदार्थको अभाव हुन नदिन नेपाल आयल निगमले ७ प्रदेशका ११ वटा कार्यालय खुला राख्ने भएको छ ।
निर्वाचन नजिकिएसँगै पेट्रोलियम पदार्थको अभाव हुने भन्दै आइतबारदेखि नै पेट्रोल पम्पमा भीड लाग्न थालेपछि निगमले यस्तो निर्णय गरेको हो ।
निगमले कोसी प्रादेशिक कार्यालय विराटनगर फागुन २२ र २४ गते खुला रहने जनाएको छ भने मधेश कार्यालय फानगुन १८,२० र २३ गते खुला हुनेछ ।
त्यस्तै इन्धन डिपो महेन्द्रनगर फागुन २२ र २४ गते खुल्नेछ। बागमती प्रादेशिक कार्यालय थानकोट फागुन २० र २३ गते खुल्नेछ ।
गण्डकी प्रादेशिक कार्यालय पोखरा फागुन २०, २३ र २४ गते खुल्नेछ भने लुम्बिनी प्रादेशिक कार्यालय भैरहवा फागुन १७, १८, २० र २३ गते खुला रहनेछ ।
इन्धन डीपो नेपालगञ्ज फागुन २० र २२ खुल्नेछ भने कर्णाली प्रदेश कार्यालय सुर्खेत फागुन १८ र २० गते खुल्ने छ । त्यस्तै सुदूरपश्चिम प्रादेशिक कार्यालय धनगढी फागुन १८, २० र २२ गते खुल्ने छ भने शाखा कार्यालय चारआली झापा फागुन २२ र २४ गते खुला रहनेछ । शाखा कार्यालय वीरगञ्ज फागुन २०, २२, २३ र २४ गते खुल्ने निगमले जनाएको छ । निगमले सबै कार्यालयको सम्पर्क नम्बर समेत उपलब्ध गराएको छ ।
साथै निगमको थानकोट डिपोबाट फागुन १८ गते बिदाको दिन समेत पेट्रोलियम पदार्थ बिक्री गरिने जनाएको छ ।
