सबिना काफ्लेसँग खटिएको प्रहरी टोलीले विवाद सिर्जना

Spread the love

प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा गृह मन्त्रालयले नेताहरूको सुरक्षा खतरालाई मध्यनजर गर्दै सुरक्षाकर्मी परिचालन गरिरहेको छ। सामान्यतया यस्तो कदम स्वाभाविक भए पनि झापा–५ मा घण्टीका उम्मेदवार बालेन शाहकी श्रीमती सविना काफ्लेसँग खटिएको प्रहरी टोलीले विवाद सिर्जना गरेको छ।सविना हिजोदेखि घरदैलो अभियानमा सक्रिय छिन्। बर्दीमा खटाउँदा प्रश्न उठ्न सक्ने भएकाले प्रहरी प्रशासनले उनीसँग सुरक्षा कर्मीहरूलाई सादा पोशाकमा खटाएको बताइएको छ। दमक नगरपालिका–९ पुगेकी सविनासँग ‘जम्बो टोली’ उपस्थित थियो। धेरैले टोलीमा रास्वपाका नेता तथा कार्यकर्ता भएको अनुमान गरे पनि स्रोतका अनुसार त्यहाँ पाँच जना सादा पोशाकका प्रहरी मात्र थिए।झिल्ला प्रहरी कार्यालय झापाका डिएसपी खगेन्द्रबहादुर खड्काले यसबारे पुष्टि गर्दै भने, “पूर्वप्रधानमन्त्रीज्यू (केपी ओली)का लागि पहिले नै सुरक्षा टोली थियो। सविनाको भेटघाटमा कुनै समस्या नहोस् भनेर चार–पाँच जनाको सुरक्षा टोली खटाएका हौँ। यसको उद्देश्य केवल सुरक्षा हो, अरु केही होइन।