उषाकला राईले समानुपातिक प्रणाली मार्फत संसद् प्रवेश गर्ने ह्याट्रिक पूरा
सरस्वति गाैतम
एमाले नेतृ उषाकला राई ले समानुपातिक सांसद सूचीमा लगातार तेस्रो पटक स्थान सुरक्षित गरेकी छन्। प्रत्यक्ष निर्वाचनमा कहिल्यै संसद् नपुगेकी राईलाई नेकपा एमालेले पहिलोपटक २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा समानुपातिकतर्फ सांसद बनाएको थियो।त्यसपछि २०७४ सालको निर्वाचनमा तत्कालीन प्रदेश नम्बर १ (हालको कोशी प्रदेश) सभामा पनि उनी समानुपातिक सदस्यका रूपमा प्रवेश गरिन्। प्रदेश सभामा पुगेपछि राई मन्त्रीसमेत बनेकी थिइन्। मन्त्री हुँदा घरेलु मदिरालाई कानुनी दायरामा ल्याएर बजारिकरण गर्नुपर्ने उनको प्रस्तावले सार्वजनिक चर्चा पाएको थियो।अब आगामी २१ फागुनमा हुने निर्वाचनका लागि पनि एमालेको समानुपातिक सांसद सूचीमा उनको नाम समेटिएको छ। यससँगै उषाकला राईले समानुपातिक प्रणालीमार्फत संसद् प्रवेश गर्ने ‘ह्याट्रिक’ पूरा गरेकी छन्।
