मायाको चिनो दिने–लिने चलन पनि बन्द गर्नुपर्ने- रामेस्वर खनाल

Spread the love

खादा, माला, अबिर तथा फूलगुच्छा प्रयोग गरिनेछैन। बाहिर उभिएर स्वागत गर्ने परम्परा अन्त्य गर्नुपर्ने उल्लेख गर्दै उनले विशेष आसन ग्रहण नगरी तोकिएको सामान्य सिटमै बस्ने बताएका छन्। समय मिलेसम्म चुपचाप हलमा प्रवेश गर्ने उनको भनाइ छ।अर्थमन्त्री खनालले बोल्न अनुरोध गरिएमा पनि पाँच मिनेटभन्दा बढी समय नलिने स्पष्ट पारेका छन्। साथै, ‘मायाको चिनो’ दिने–लिने चलन पनि बन्द गर्नुपर्ने उनको धारणा छ।उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्। प्रमुख अतिथि हुँदैन। खादा, माला, अबिर, फूलगुच्छ हुँदैन। बाहिर उभिएर स्वागत गर्न पाइँदैन। आसन ग्रहण हुँदैन। समय मिले म खुसुक्क हलमा छिर्छु। तोकेको सिटमा बस्छु। बोल्न भनिए ५ मिनेट मात्र बोल्छु। मायाको चिनो लिन्नँ, र दिन पाइन्न। आकस्मिक काम परेर आउन नसके सोही दिन खबर गर्छु।