भरतपुर १० मा तालिमकाे वर्षा
सबिना प्रजा
चितवन भरतपुर महानगरपालिका वडा नं १० आयाेजनामा सेवा प्रदायक संस्था सफल भविस्य प्रा लि ले २० कार्यदिनकाे तालिममा समाजसेवि विकासका अभियान्ता वडा नं १० का वडा अध्यक्ष प्रमेश्वर खनालले तालिमका सहभागिका साथ तालिम समापन गर्नु भएकाे थियाे भने तालिम सिकेकाे प्रमाणपत्र पत्र र तालिमका सहभागिलाई प्रविधि बुटिक ( हाते कडाई गर्ने फर्मा सेट) समापन संगै वितरण गर्नु भएकाे थियो । सेवाप्रदायक संस्था सफल भविस्य प्रा.लि.ले प्रशिक्षण दिएकाे कार्यक्रमको प्रशिक्षण नन्दि थापाले दिनु भएकाे थियाे । भरतपुर १० मा बसाेबास गर्ने नागरिकलाई टाेलसुधार समितिकाे सिफारिसमा तालिममा सहभागी गराईएकाे थियाे । मंसिर ७ गते उद्घाटन गरिएको कार्यक्रम पुस ९ गते वडा नं १० का वडा अध्यक्ष प्रतिभासालि विकासका अभियान्ता प्रमेश्वर खनालले समापन गर्नु भयाे । समापन कार्यक्रमा सम्बाेधन गर्नु हुदै सबै वडा बासिलाई घरघरमा सीप, टाेल टाेलमा ब्यावसाय प्रवर्धन, आय आर्जनमा वृद्धि उद्ध्योग मैत्रि वडा बनाउने बताउनु भयाे ।नागरिकलाई स्वास्थमा शिक्षामा पहुच, फराकिलाे सडक नाला, सडक बत्ति, डुबान रहित वडा ,मध्यपान धुम्रपान रहित वडा बनाउने साथै कार्यलयमा नागरिकहरुलाइ झन्जट रहित तरिका बाट सेवा दिईने बताउनु भयाे ।यस वर्ष वडा बाट कफि वारिष्टा सहित बुटिक तालिम पनि समापन भयाे । हार्मोनियम तालिम चलिरहेकाे छ । जति जनाले तालिम लिनु भएकाे छ सबैले सिकेकाे सिपलाई ब्यवसायमा परिणत गर्न अनुरोध गर्दै आवश्यक परेकाे बेला वडा कार्यसमितिले मागकाे आधारमा थप तालिम दिने बताउनु भयाे । वडा सदस्य सुर्यबदना हमालले तालिमका सहभागिलाई शुभकामना दिनु भयाे । वडा सदस्य पार्वती नेपालिले सिकेकाे सिपलाई ब्यवसायमा लाग्न अनुराेध गर्नु भयाे ।वडा सदस्य नीर बहादुर लामाले सबैलाई शुभकामना दिदै सिपलाई सेवामा परिणत गर्न अनुराेध गर्नु भयाे । मानव अधिकार शान्ति समाज का अध्यक्ष पुर्णचन्द्र चापागाई ,लेखा प्रमुख प्रकाश बहादुर पातली , राष्ट्रीय गायककार केशब बगाले ,हार्मोनियम प्रशिक्षक सीता सिग्देल ,मादल प्रशिक्षक नारायण बर्ताैला लगायत २१ जना तालिमका सहभागी हुनुहुन्थ्यो । कार्यक्रम सन्चालन वडा सचिव माधव सुबेदिले गर्नु भएकाे थियाे । भने कार्यक्रम सफल भविस्य प्रा लि का अध्यक्ष देवराज थपलियाकाे अध्यक्षतामा सम्पन्न भएकाे थियाे ।














