श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले टु हेल्प टेन सेल सेवा दिने
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारमा जाने श्रमिकलाई सही सूचना दिन भन्दै ‘हेल्प टु हेल्प टेन सेल’ सेवा दिने भएको छ । यसमा श्रमिकलाई गन्तव्य देशको जानकारीदेखि लागत शुल्कसम्मको सूचना दिने व्यवस्था गरिएकोवैदेशिक रोजगारमा जाने श्रमिकलाई आवश्यक पर्ने सूचनालाई १० वटा तहमा वर्गीकरण गरेका छौं । यसमा जाने देश, रोजगारदाताबाट आएको मागपत्र, योग्यता, आवश्यक पर्ने सीप, राज्यले तोकेको शुल्क, भुक्तानी गर्ने विधि, जाने सुरक्षित प्रक्रिया र योसँग सम्बन्धित आधिकारिक निकायका विषयमा उत्तर दिइनेछ,’ श्रम मन्त्रालयद्वारा मंगलबार आयोजित पत्रकार सम्मेलनमा श्रम सचिव कृष्णहरि पुष्करले भने,‘यसले सही सूचना दिन्छ । श्रमिकलाई डिजिटल ट्रयाप हुनबाट जोगाउनेछ ।’मन्त्रालयका अनुसार यो सेवा पुस ८ गतेदेखि सुरु हुनेछ । ‘हरेक पालिकामा रोजगार सेवा केन्द्र छ । श्रमाधान कल सेन्टर छ । श्रम कार्यालयहरू छ । यी सबै निकायबाट कार्यालय समयभित्र सूचना दिइनेछ,’ उनले भने,‘यसले श्रमिकलाई ठगी हुनबाट जोगाउनेछ ।’
