५ मन्त्रीको नियुक्ति र शपथ हुदै

Spread the love

सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार ५ मन्त्रीको नियुक्ति र शपथ गराउने भएका छन्। अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले मदनप्रसाद परियार, अनिल सिन्हा, महावीर पुन, संगीता मिश्रा र जगदीश खरेलको नाम सिफारिस गरेकी हुन्। 

परियारलाई कृषि मन्त्रालय दिने सिफारिस छ। वैज्ञानिक महावीरलाई शिक्षा तथा पूर्वसचिव संगीतालाई स्वास्थ्यमन्त्री बनाउन लागिएको हो। सर्वाेच्चका पूर्वन्यायाधीश सिन्हालाई उद्योग तथा पत्रकार खरेललाई सञ्चारमन्त्री बनाउन सिफारिस गरिएको छ। केही मन्त्रीले दोहोरो मन्त्रालयको जिम्मेवारी पाउने सम्भावना छ। 

हाल सरकारमा प्रधानमन्त्री र तीन मन्त्री मात्र छन्। १०/११ सदस्यीय मन्त्रिमण्डल बनाउने प्रधानमन्त्रीको तयारी छ।