घुसकाे हिसाब नमिल्दा बाराका प्रमुखअबिन्द्र दास र खरिदार  सत्यनारायण साहबिच कुटाकुट

Spread the love

यातायात व्यवस्था कार्यालय बारा, कलैयाका  प्रमुख अबिन्द्र दास र खरिदार  सत्यनारायण साहबिच कुटाकुट भएको छ।  बुधबार साढे पाँच बजेतिर कार्यालयमै दुईबिच कुटाकुट भएको हो।कुटाकुटबाट खरिदर सत्यनारायण साहको अनुहारमा चोट लागेको छ। चोटले अनुहार सुन्निएको छ । अर्को तर्फ प्रमुख दासको पनि अनुहारमा चिरा परेको छ। कार्यालय मै  कुटाकुट गर्ने दुबै जनालाई जिल्ला प्रहरी कार्यालय बाराको टोलीले नियन्त्रणमा लिएको थियो ।  बाराका प्रहरी प्रमुख प्रहरी उपरीक्षक नागेन्द्र कुवरले यातायात व्यवस्था कार्यालय कलैयाको प्रमुख दास र खरिदार साहले कुटाकुट गरेको घटनाको विषय अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय बाराका सुचना अधिाकारिले बताउनु भयाे।