हार्मोनियम र बुटिक तालिम उद्घाटन सम्पन्न
भरतपुरमहानगरपालिका वडा १० ले हार्मोनियम र बुटिक तालिमकाे उद्घाटन सम्पन्न गरेकाे छ । भरतपुरमहानगरपालिका वडा नं १० भित्र बसाेवास गर्ने टाेल सुधार समितिकाे सिफारिसमा प्रत्येक टाेलबाट १ जनाकाे दरले तालिममा सहभागी गराइएकोसोही वडाका वडा सचिव माधव सुबेदिले बताउनु भयाे ।


विकासका अभियान्ता सरल स्वभावका धनी वडा अध्यक्ष परमेस्वर खनालले तालिमका सहभागिलाई सम्बाेधन गर्नु हुँदै सिकेकाे सिपलाई ब्यावहारमा लागू गरि उधमसिलतामा लाग्न बुटिक तालिमका सहभागिलाई अनुराेध गर्नु भयाे भने बुटिक तालिम २० दिन चल्ने बताउनु भयाे ।

हार्माेनियम तर्फका तालिमका सहभागिलाई सम्बाेधन गर्नु हुदै सबैले ४५ दिन्सम्म तालिम सिकि धार्मिक पर्यटनमा लाई जाेड दिन अनुराेध गर्नु भयाे । तालिममा स्वागत मनतब्य वडा महिला सदस्य सुर्य बदना हमाल, वडा सदस्य नीर बहादुर लामा, रेशमराज थापा, पारवति नेपाली ,सेवा प्रदायक संस्थाकाे तर्फबाट सफल भविस्य प्र लि का अध्यक्ष देवराज थपलिया र लेखा शाखा प्रमुखको सहभागिता थियाे । तालिम कार्यक्रमकाे सन्चालन वडा सचिव माधव सुबेदिले गर्नु भएकाे बताउनु भयाे ।
