विप्लव द्वाराराजनितिक घटनाक्रमबारे आफ्नो धारणा सार्वजनिक गर्ने

Spread the love

प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले दिएको जानकारी अनुसार आज दिउँसो १२ बजे शान्तिबाटिकाबाट बृहत् र्‍याली सुरु हुनेछ भने दिउँसो १ बजे भृकुटीमण्डपमा आमसभा गरिनेछ । सभामा महासचिव विप्लवलगायतका शीर्ष नेताहरूले बोल्ने कार्यक्रम तय गरिएको छ ।नेकपाले अहिलेको सरकार विघटनको माग राखेको छ । ‘राष्ट्रिय स्वाधीनता, समाजवाद र सर्वपक्षीय अन्तरिम सरकार गठन हुनुपर्छ,’ प्रवक्ता प्रकाण्डले भने, ‘आम जनताको समस्या सम्बोधन गर्न तथा संविधान पुनर्लेखनलगायतका विषयमा हालको सरकारले काम गर्न सक्दैन ।’पार्टीले जेन–जी आन्दोलनपछिको विकसित राजनीतिक घटनाक्रमबारे आफ्नो धारणा सार्वजनिक गर्ने तयारी गरेकाे छ ।