सुनको मूल्य घट्ने क्रम जारि

Spread the love

साताको कारोबारको चौथो दिन बुधवार सुनको मूल्य घटेको छ। कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला ११०० रुपैयाँले घटेको हो ।

कारोबारको अघिल्लो दिन प्रतितोला २३८३०० रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज ११०० रुपैयाँले घटेर २३७२०० रुपैयाँमा कारोबार भईरहेको छ ।

यता चाँदीको मूल्य २५ रुपैयाँले घटेर प्रतितोला २९९० रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।