सुनकाे भाउ लगातर घट्दो क्रममा
मंगलबार सुन प्रतितोला दुई हजार नौ सय रूपैयाँले घटेको हो। मंगलबार सुन प्रतितोला दुई लाख ३७ हजार रूपैयाँमा किनबेच भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले उल्लेख गरेको छ।
सोमबार सुनको मूल्य तोलामा दुई हजार रूपैयाँले घटेर दुई लाख ३९ हजार ९ सय रूपैयाँमा कारोबार भइरहेको थियो।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य लगातार घटिरहेपछि नेपालमा पनि मूल्य घटेको हो।
