चार जना आईजीपीको प्रतिस्पर्धामा
भावी आईजीपीको प्रतिस्पर्धामा चार जना अतिरिक्त महानिरीक्षक (एआईजी) छन्। काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख दानबहादुर कार्की, मानव स्रोत विकास विभाग प्रमुख राजन अधिकारी, प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) प्रमुख डा. मनोज केसी र राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका प्रमुख सिद्धिविक्रम शाह। उनीहरूमध्ये एक जना अब दुई सातापछि आईजीपी बन्नेछन्।
शाह आईजीपी बने अरु तीन मध्येबाट त्यसपछिको आईजीपी बन्ने बाटो खुला रहनेछ। तर कार्कीको ब्याचबाट आईजीपी बने शाहको टोली भने एआईजीबाटै अवकाश हुने
