जिल्ला प्रहरी कार्यालय मकानपुरकाे सफलता फरार प्रतिवादी पक्राउ

Spread the love

जिल्ला मकवानपुर हेटाैडा उपमहानगर पालिका.वडा नं. १० स्थितबाट जुवातास खेलीरहेको अवस्थामा ११ बुक तास, नगद रु.६,०६,३१०।– ( छ लाख छ हजार तिन सय दश) सहित ११ जना व्यक्तीहरु पक्राउ गरी जुवा सम्बन्धी कसुर मुद्धामा अनुसन्धान गर्ने क्रममा CRS चेकजांच गर्दा निजहरु मध्ये जिल्ला मकवानपुर हेटौडा उपमहानगर पालिका.वडा नं. १० बस्ने बर्ष ३७ को अर्जुन तामाङ भन्ने बिजय तामाङ मिति २०७४।०४।११ गते जिल्ला अदालत सिन्धुपाल्चोकबाट जवरजस्ती करणी मुद्धामा १० बर्ष कैदको फैसला भई फरारमा रहेको, र जिल्ला मकवानपुर बागमती गाउपालिका. वडा नं.५ ज्यामिरे बस्ने बर्ष २७ को राजेश दर्नाल भन्ने हेमन्त परियार जिल्ला मकानपुर मिति २०८१।०४।१६ गते, मिति २०८१।०९।१९ गते ( २ वटा मुद्धा ), जिल्ला प्रहरी परिसर ललितपुरबाट २०८१।०८।३० गते, र प्रहरी बृत महाराजगंज काठमाण्डौबाट मिति २०८१।०९।१४ गते चोरी तथा डांका कसुर मुद्धामा ५ पटक मुद्धा चलेको भनि अनुसन्धानबाट खुल्न आएकाे जिल्ला प्रहरी कार्यालय मकानपुरका सुचना अधिकारिले बताउनु भयाे ।