सचेतना तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न
लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत चितवन सक्रिय महिला प्रतिष्ठान, नेपाल परिवार नियोजन चितवन शाखा एवं आशिष सामाजिक सेवा नेपालको संयुक्त आयोजना र जिल्ला प्रहरी कार्यालय चितवन तथा जिल्ला स्तरीय लैंगिक हिंसा नियन्त्रण संजाल समितिको सहकार्यमा जिल्ला चितवन भरतपुर महानगरपालिका वडा नं. १० रहेको नेपाल पुर्व प्रहरी संगठनको सभाहलमा चितवन सक्रिय महिला प्रतिष्ठानका कार्यक्रम संयोजक तुलसी अतिकारी अध्यक्षतामा महिला तथा आदर्श गृह चितवनको प्रमुख मिना खरेल आतिथि तथा यस जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरीक्षक रबिन्द्र खनाल, विशिष्ट अतिथि रहनु भएको कार्यक्रममा “प्रविधिको सही प्रयोग गरौँ लैङ्गिक हिंसा अन्त्य गरौँ” भन्ने मुल नाराका साथ आयोजना गरिएको सचेतना तथा अन्तरक्रिया कार्यक्रममा विभिन्न सरकारी तथा गैर सरकारी संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरु, पुर्व प्रहरी संगठनका पदाधिकारीहरु, द्वन्द पिडीत चितवनका पदाधिकारीहरु अमर प्रहरीका पदाधिकारीहरु, लैंगिक हिंसा पिडीत महिलाहरु गरि १७० जनाको सहभागितामा रहेको ।
