बैंक तथा वित्तीय संस्थाले एटीएमको सेवा व्यवस्थापन बैंकिङ सेवा सुरू गर्न निर्देशन
राष्ट्रबैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेलले सामाजिक सञ्जालमा एक सूचना पोस्ट गर्दै अत्यावश्यक सेवाभित्र बैंकिङ सेवा पर्ने भन्दै बैंक तथा वित्तीय संस्थाले एटीएमको सेवा व्यवस्थापन तथा डिजीटल बैंकिग सेवा सुचारु हुने व्यवस्था गरी कमभन्दा कम कर्मचारीको उपस्थित गराई सेवा सञ्चालन गर्न भनेका हुन् ।
‘यही असोज १८ देखि २० गतेसम्म भारी वर्षा हुने जल तथा मौसम विज्ञान विभागको सूचना समेतलाइ मध्यनजर गरी नेपाल सरकारले असोज १९ र २० गते विपद् व्यवस्थापन र अत्यावश्यक सेवा दिने कार्यालयबाहेकमा सार्वजनिक विदा दिने घोषणा गरिसकेको छ ।बैकिङ् सेवा अत्यावश्यक सेवा अन्तरगत पर्दछ । यो बेलामा भौतिक रूपमा बैंकिङ सेवा लिनेभन्दा पनि सुरक्षित डिजिटल बैंकिङ सेवाको उपयोग गर्न अनुरोध छ । साथै, बैंक तथा वित्तीय संस्थाले समेत एटीएमको सेवा व्यवस्थापन तथा डिजिटल बैंकिङ सेवा सुचारू हुने व्यवस्था गरी कमभन्दा कम कर्मचारीको उपस्थित गराई अत्यावश्यक सेवा दिन निर्देसन दिएकाे छ ।
