क्षमता अभिवृद्धि तालिम संसदीय भूमिकालाई थप प्रभावकारी बनाउने उद्देश्यमा केन्द्रित हुने

Spread the love

रास्वपा सचेतक क्रान्तिशिखा धितालका अनुसार आगामी साउन २९ देखि ३१ गतेसम्म ललितपुरको गोदावारीमा सांसदहरूलाई प्रशिक्षण दिइने । प्रशिक्षणका क्रममा सांसदहरूलाई आवाससहितको ‘क्लोज क्याम्प’मा राखिनेछ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना सांसदहरूको भूमिका थप प्रभावकारी बनाउने उद्देश्यले तीनदिने आवासीय प्रशिक्षण आयोजना गर्ने भएको छ ।

सांसदहरूको संसदीय भूमिका, जिम्मेवारी र कार्यसम्पादनलाई प्रभावकारी बनाउने उद्देश्यले प्रशिक्षण आयोजना गर्न लागिएको सचेतक धितालले बताइन् ।प्रशिक्षणका लागि आवश्यक प्रशिक्षकहरूको टुंगो भने लाग्ने क्रममा रहेको उनले जानकारी दिइन् । धितालका अनुसार रास्वपाले यसअघि पनि आफ्ना सांसदहरूलाई दुईपटक प्रशिक्षण दिइसकेको छ ।यसपटकको प्रशिक्षण पनि सांसदहरूको क्षमता अभिवृद्धि तथा संसदीय भूमिकालाई थप प्रभावकारी बनाउने उद्देश्यमा केन्द्रित हुने रास्वपाले जनाएको छ।