बिना आधार आरोप लगाउने प्रवृत्तिले कार्यसम्पादन र मनोबलमा असर पार्ने
प्रतिनिधिसभाअन्तर्गत सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै उनले प्रहरी कर्मचारीको निष्ठा र संस्थाको गरिमामा आँच आउने गरी गरिने टिप्पणीप्रति असन्तुष्टि जनाए।प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले सार्वजनिक निकायका बैठक तथा छलफलमा प्रस्तुत गरिने अभिव्यक्ति मर्यादित हुनुपर्ने बताएका छन्।
वर्षौंदेखि इमानदारीपूर्वक जिम्मेवारी निर्वाह गरिरहेका कर्मचारीलाई बिना आधार आरोप लगाउने प्रवृत्तिले कार्यसम्पादन र मनोबलमा असर पार्ने उनको भनाइ थियो।प्रहरी प्रशासनमाथि पर्ने उजुरी तथा निवेदनलाई पनि एउटै दृष्टिकोणबाट हेर्न नहुने उनले बताए।कार्कीले भने, ‘आजसम्म निष्ठापूर्ण काम गरेको मान्छेलाई यहाँ ल्याएर जे मन लाग्यो त्यही भन्या छ। जे मन लाग्यो त्यही भन्ने स्थान होइन होला त यो। कुनै पनि ठाउँको एउटा सामान्य मर्यादा त हुन्छ होला नि!’उनले जिम्मेवार पदमा बसेर बोल्दा शब्द र व्यवहारमा संवेदनशीलता अपनाउनुपर्ने बताए। साथै, छलफलमा शिष्टता कायम राख्दै संस्थागत मर्यादा आत्मसात गर्न सम्बन्धित पक्षलाई आग्रह गरे।बैठकमा सांसद खगेन्द्र सुनारलगायतका सांसदहरूले नेपाल प्रहरीमाथि विभिन्न आरोप लगाएका थिए।
