संसद्को प्रभावकारिता बढाउन संसदीय सुधार समिति गठन गर्नुपर्ने माग

Spread the love

बैठक सञ्चालनका लागि ६९ जना सांसद आवश्यक भए पनि ६१ जना मात्रै उपस्थित थिए। तीन मिनेटसम्म घण्टी बजाउँदा पनि संख्या नपुगेपछि सभामुख डोलप्रसाद अर्यालले बैठक एक साताका लागि स्थगित गरे।बोल्ने नाम टिपाए, बोलाउँदा बेपत्ता : संसद्मा बढ्दै ‘हाटा’ प्रतिनिधिसभाको मंगलबारको बैठकमा गणपूरक संख्या नपुगेपछि खानी तथा खनिज पदार्थ विधेयक, २०८३ माथिको छलफल रोकिएको छ।

बैठकमा सांसदहरू हाजिर गरेर बाहिरिने र बोल्ने पालो आउँदा सभाकक्षमा नदेखिने प्रवृत्ति पनि देखिएको थियो। उपसभामुख रुवी ठाकुरले रिना उप्रेती र अरविन्द साहको नाम तीन–तीनपटक बोलाउँदा पनि उनीहरू उपस्थित थिएनन्। त्यसपछि अर्को सांसदलाई बोल्न समय दिइयो।संसद्मा हाजिर गरेर बाहिरिने यस्तो प्रवृत्तिलाई व्यंग्यात्मक रूपमा ‘हाटा’ भन्ने गरिएको छ। यो समस्या प्रतिनिधिसभामा मात्र नभई संसदीय समितिहरूमा समेत देखिँदै आएको छ।सांसदहरूको कमजोर उपस्थितिलाई लिएर राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्ना सांसदहरूको हाजिरी विवरण विश्लेषण गर्ने भएको छ। संसदीय दलका सचेतक प्रकाशचन्द्र परियार र क्रान्तिशिखा धिताललाई हाजिरी अध्ययन गरी प्रतिवेदन तयार गर्ने जिम्मेवारी दिइएको छ।सांसद विपिन आचार्यले पनि संसद्को प्रभावकारिता बढाउन संसदीय सुधार समिति गठन गर्नुपर्ने माग गर्दै आएका छन्।