जनताकाे समस्या सामाधान गर्न वडा अध्यक्ष केदार पन्त घर घरमा

Spread the love


खैरहनी नगरपालिका–१२ का वडाध्यक्ष केदारनाथ पन्थको नेतृत्वमा जेष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा कार्यालयसम्म पुग्न नसक्ने वडावासीलाई लक्षित गर्दै घरघरमै पुगेर सामाजिक सुरक्षा भत्ता नवीकरण गर्ने अभियान बिहीवार सुरु गरिएको छ ।

यस विशेष अभियानमार्फत वृद्धभत्ता, अपाङ्ग भत्ता, एकल महिला भत्ता लगायतका योजना सहजै घरदैलोमै नवीकरण गर्न सकिने व्यवस्था मिलाइएको छ । विशेषगरी अशक्त, बिरामी र ज्येष्ठ नागरिकलाई प्राथमिकता दिँदै वडाको टोली र वडा सचिव स्वयं वस्ती–वस्तीमा पुगेका छन् ।

यस सेवाबाट वडाभरिका नागरिक अत्यन्तै खुशी भएका छन् ।
वडा टोल विकास संस्थाका पदाधिकारी र स्थानीय सामाजिक अभियन्ताहरूको समेत सक्रिय सहयोग अभियानमा देखिएको छ ।