एम्बुलेन्स दमकल सुरक्षा निकाय अत्यावश्यक सवारीसाधनलाई प्रवेश दिइने

Spread the love

जापानी राजदूत मायदा तोरु र जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)का अध्यक्ष डा. तानाका अकिहिकोको उपस्थितिमा सुरुङमार्गको उद्घाटन गर्ने कार्यक्रम छ।आयोजनाका उपनिर्देशक सञ्जय पन्थीका अनुसार उद्घाटनसँगै सुरुङमार्ग सबै सवारीका लागि खुला गरिने छैन। सुरुको चरणमा एम्बुलेन्स, दमकल, सुरक्षा निकायका सवारी र अन्य अत्यावश्यक सेवाका सवारीसाधनलाई मात्रै प्रवेश दिइनेछ।

करिब तीन महिनासम्म परीक्षण सञ्चालन गरेर सुरक्षा, ट्राफिक व्यवस्थापन र सञ्चालन प्रणालीको मूल्याङ्कन गरिनेछ।नेपालको पहिलो व्यवस्थित सडक सुरुङमार्ग नागढुंगा–सिस्नेखोला सुरुङमार्ग आज (सोमबार) औपचारिक रूपमा उद्घाटन हुँदैछ। करिब ८० महिनाको निर्माण अवधिपछि सञ्चालनमा आउन लागेको यो सुरुङमार्गलाई नेपालको भौतिक पूर्वाधार विकासमा ऐतिहासिक उपलब्धिका रूपमा हेरिएको छ।

परीक्षण अवधि सफल भएपछि अन्य चारपांग्रे सवारीसाधनलाई पनि चरणबद्ध रूपमा सञ्चालन अनुमति दिइने आयोजना कार्यालयले जनाएको छ। सुरुङमार्गमा आधुनिक इलेक्ट्रोनिक टोल प्रणाली, सीसीटीभी, भेन्टिलेसन, अग्नि नियन्त्रण र आपत्कालीन उद्धार प्रणाली जडान गरिएको छ।नागढुंगा–सिस्नेखोला सुरुङमार्ग २.६८८ किलोमिटर लामो मुख्य सुरुङ र २.५५७ किलोमिटर लामो आपत्कालीन सुरुङसहित निर्माण गरिएको हो। यसले काठमाडौं–धादिङ सडकखण्डको यात्रा समय घटाउने, ट्राफिक जाम कम गर्ने र राजधानीको पश्चिमी प्रवेशद्वारको आवागमनलाई सुरक्षित तथा सहज बनाउने अपेक्षा गरिएको छ।