सचिव शरणकुमार पाण्डेलाई काेशि प्रदेशमा यथावत हाेला त ?
कोशी प्रदेशमा कार्यरत सचिव शरणकुमार पाण्डेलाई सरकार (मन्त्रिपरिषद्) ले २०८२ साउन २६ गते कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा सरुवा गरेको थियो। तर २० दिनमै मन्त्रिपरिषद्ले सो निर्णय बदर गर्दै पुनः कोशी प्रदेशमै यथावत राखेपछि विवाद चर्किएको छ।
मन्त्रीले काम नलगाउने भन्दै सचिव चढ्ने गाडीको चाबी खोसिएको आरोपसमेत सार्वजनिक भएपछि असुरक्षा भएको ठहर गर्दै प्रमुख जिल्ला अधिकारीमार्फत पाण्डेलाई पिएसओ खटाइएको प्रदेश प्रशासन स्रोतले जानकारी दिएको छ।
सरकारले नेपाल कृषि सेवा, लाइभ स्टक पोल्ट्री एण्ड डेरी डेभलपमेन्ट समूहका सचिव पाण्डेलाई कोशी प्रदेशको उद्योग, कृषि तथा सहकारी मन्त्रालयबाट कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा सरुवा गरेको थियो। तर २०८२ भदौ १३ गतेको मन्त्रिपरिषद् बैठकले सो निर्णय उल्ट्याउँदै उनलाई पुनः मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय वा त्यस अन्तर्गत, कोशी प्रदेशमै खटाउने निर्णय गरेसँगै विवाद भएको हो ।
Lorem ipsum dolor sit amet, consectetur adipiscing elit, sed do eiusmod tempor incididunt ut labore et dolore magna aliqua.
