सिर्जनशील टोल बिकास संस्थाकाे ९औ बार्षिक साधारण सभा सम्पन्न

Spread the love


भरतपुर
सिर्जनशील टोल बिकास संस्था भरतपुर ५ तोरिखेत को मिति २०८१माघ १२ गते ९औ बार्षिक साधारण सभा सम्पन्न भयो । यस कार्यक्रम मा भरतपुर ५ का वडा अध्यक्ष श्री युद्व प्रसाद श्रेष्ठ को प्रमुख आथित्यता रहेको थियो भने वडा सदस्य बिशालबाबु तिमल्सेना बिशिस्ट अतिथि रहनु भएको थियो । यश बार्षिक साधारणसभा को अबसरमा टोलमा रहनु भएका जेष्ठ आमाबुवा (८० बर्ष भन्दा माथी) हरुलाइ सम्मान गरिएको थियो । स्वास्थ्य अबस्थाका कारण कार्यक्रम स्थल सम्म आउन नसक्नु भएका बुवा आमालाइ घरमै गएर सम्मान गरिएको थियो । त्यसै गरि टोलबासी सदस्यहरुका बाबुनानि ले see मा ल्याएको नतिजाको आधारमा टोलभरी मध्य सर्बोत्कृष्ट जि.पि.ए ल्याउने छात्र १ र छात्रा १ लाई पनि सम्मान गरियो । हालसालै अन्य स्थानबाट बसाइँसराइ गरि यस टोलमा आउनुहुने नया टोलबासी लाई पनि सम्मान गरियो । हालै मात्र यस टोलको नबनिर्मित सामुदायिक भवन निर्माण गर्न सहयोग गर्नुहुने दानबिरहरुलाइ पनि सम्मान गरिएको थियो । साथै भवन निर्माण गर्नका लागि १० बर्ष निशुल्क १२ धुर जग्गा प्रदान गर्नु हुने श्रीमान श्रीमती रत्न बहादुर/कल्पना मल्लज्यु लाई पनि सम्मान गरिएको थियो ।उक्त कार्यक्रममा सस्थाका अध्यक्ष श्री नेत्र नारायण आचार्यज्यु को सभापतित्व रहेको थियो भने उपाध्यक्ष श्री मधुकर तिवारिले स्वागत मन्तव्य, कोषाध्यक्ष श्री कमला पौडेल ले बार्षिक प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो भने सस्थाका सहसचिव श्री अर्जुन गिरिले कार्यक्रम सचालन गर्नु भएको थियो ।