मानव अधिकार तथा शान्ति समाज चितवन शाखाले बिबिध कार्यक्रम सम्पन्न
माघ १३,
२७ औं राष्ट्रिय परिषद् बैठकको पूर्व सन्ध्यामा आयोजित सप्ताहव्यापी कार्यक्रम अनुसार बिद्यालय स्तरीय बिकासको अधिकार अहरणीय अधिकार तथा जलवायु परिवर्तन सम्बन्धी बिषयमा पारिजात मा.वि. इ. बोर्डिङ स्कुल चोक बजार, कृष्णपुर मा.वि. भरतपुर – ७ चितवन, अरुणोदय मा. बि. गितानगर चितवन , किरण अमरजंग गुरुङ मा. वि. भरतपुर १९ चितवन र भरतपुर मा. बि. भरतपुर – १० चितवनमा मानव अधिकार तथा शान्ति समाज चितवन शाखाले कार्यक्रम सम्पन्न गरेको छ ।
शान्ति समाज चितवनका सभापति पूर्ण चन्द्र चापागार्इ र उपसभापति जिवन के.सी. पारिजात मा.वि. इ. बोर्डिङ स्कुल चोक बजार र अरुणोदय मा. बि. गितानगर चितवनमा सहजीकरण गर्नु भएको थियो भने रहेको सो कार्यक्रममा पारिजात मा बि इ बोर्डिङ्ग स्कुलका प्रा. बि. प्रमुख मार्कण्यय खनाल, मा. बि. शिक्षक सन्तोश आचार्य लागयतको समुपस्थितिमा उक्त कार्यक्रम गरिएको थियो। कार्यसमिति सदस्य कृति चौधरी समेतको उपस्थिति रहेको थियो। त्यस्तै अरूणोदय मा.वि. गीतानगरका सहायक प्र.अ. रमेश अधिकारीले समाजले गरेका कार्यहरूको प्रशंसा गर्नुभयो । कार्यक्रममा मा.वि. शिक्षक कुमार राउत समेतको उपस्थिति रहेको थियो।त्यसै गरी कृष्णपुर मा.वि. कृष्णपुर भरतपुर – ७ चितवनमा भएको कार्यक्रममा मानव अधिकार तथा शान्ति समाज चितवन शाखा सभापतिले कार्यक्रमको सहजिकरण गर्नु भएको थियो भने उक्त कार्यक्रममा कृष्णपुर मा.वि. कृष्णपुरका प्राचार्य टंक प्रसाद न्यौपानेले समाजले गरेका कामहरूको बारेमा प्रशंसा सहित समाजमा पारेको प्रभाव समेतमा जानाकारी गराउनु भएको थियो । त्यस अवसरमा मा.वि. शिक्षिका मोति कडेल, जानुका न्यौपाने, शान्ति समाज चितवन शाखा कार्यसमिति सदस्य कृति चौधरी समेतको सहभागिता रहेको थियो । किरण अमरजंग गुरुङ मा वि भरतपुर १९ चितवनमा शान्ति समाजका केन्द्रीय सदस्य तथा विद्यालय प्राचार्य विनोद अधिकारी र भरतपुर मा बि भरतपुर – १० चितवनमा शान्ति समाज चितवनका निवर्तमान कोषाध्यक्ष तथा विद्यालय शिक्षिका तारा पौडेलले कार्यक्रमको सहजिकण गर्नु भएको थियो।
विद्यालय स्तरीय कार्यक्रममा विकासको अधिकार अहरणीय अधिकार
विकासको अधिकार अपरिहार्य एवं अहरणीय अधिकार भएको र भय र अभावबाट मुक्तिको उपभोग गर्न पाउने विश्वको सिर्जना विकासको अधिकार सुनिश्चित भएमात्र संभव हुने तथ्यलाई हृदयङगम गर्दै, कामको, रोजगारीको र बेरोजगारी विरुद्ध संरक्षणको अधिकार आधारभूत मानव अधिकार भएको र विकासको अधिकार प्रत्याभूत हुनसके मात्र यी अधिकारहरु संरक्षित रहने स्मरण गर्दै,
नेपाल सन्दर्भमा वैदेशिक रोजगारीका लागि बढ्दो युवा पलायनको मूल कारण विकासको अधिकार अपरिहार्य मानव अधिकारको रुपमा स्थापित हुन नसक्नु रहेको र लोकतन्त्रको भविष्य विकासको अधिकारमा नै निर्भर गर्ने र विकासको अधिकार सुनिश्चित हुन सके स्थायी शान्तिको सुमधुर वातावरण सिर्जना हुने विश्वास व्यक्त गर्दै,
मानव अधिकार तथा शान्ति समाजको २७ औँ राष्ट्रिय परिषद् बैठक, विकासको अधिकारलाई सार्थक बनाउन, राज्य÷सरकार, विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निकाय, निजी क्षेत्र लगायत सम्वद्ध सबैलाई आह्वान गरेको छ। जलवायु कार्य (क्लाइमेट एक्सन)को विस्तार र व्यापकतामा जोड दिँदै जगतमुखी जीवन धारा समस्त संस्था÷निकायहरुको केन्द्रविन्दुमा रहनुपर्छ ।
जलवायु न्याय (क्लाइमेट जस्टिस) सर्वत्र प्राथमिकता हुनुपर्छ । यसका लागि एकिकृत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अभियानका साथै जलवायु साझेदारी अघि बढाउनुपर्छ । विश्वभरी कम आय भएका, जलवायु परिवर्तनबाट प्रभावित समुदाय र मानिसहरुले राहत पाउनुपर्छ । यो समस्याका लागि जिम्मेवार नभएका÷कम जिम्मेवार भएका स्थानहरुले न्याय पाउनुपर्छ भन्ने विषयमा समेत समाजले आफ्ना अभियानहरू चलार्इ आएको छ ।
