बेसिक सिलाइ कटाई कार्यक्रम भरतपुर महानगरपालिका वडा नं १० द्वारा उद्घाटन सम्पन्न

Spread the love

चितवन। भरतपुर महानगरपालिका वडा नं १०  आयोजक र सेवा प्रदायक सस्था सफल भविष्य प्रा.ली.  भरतपुर १२ द्वारा  बेसिक सिलाई कटाई तालिम कार्यक्रम उद्वाटन समारोह सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथी भरतपुर महानगरपालिका वडा नं १० का वडा अध्यक्ष परमेश्वर खनाल, विशिस्ट अतिथी भरतपुर महानगरपालिका वडा नं १० का महिला वडा सदस्य पार्वती नेपाली, विशिस्ट अतिथी चिरफार खबरका समाचारदाता मनिष अर्याल , विशिस्ट अतिथी वडा नं १२ का वडा सदस्य मिरा नेपाली, अतिथी टोल विकास सस्थाका अध्यक्ष तथा प्रतिभाशाली सामाजिक अभियन्ता तथा पुर्व डिभिजन इन्जिनियर भरतमणी खनाल,प्रशिक्षक विद्या श्रेष्ठ, सहायक प्रशिक्षक भविसरा काफ्ले  र बेसिक सिलाई कटाई तालिम कार्यक्रमका परिक्षार्थीहरुको उपस्थिती थियो । प्रमुख अतिथी भरतपुर महानगरपालिका वडा नं १० का वडा अध्यक्ष परमेश्वर खनालले सहभागीले तालिम अवधी भर इमान्दार र निरन्तर उपस्थित भइ तालिम सिक्न आग्रह गर्नुभयो । यो तालिम आफैमा गरिब, बिपन्न, लोपन्मुख, जनजाती नागरिकलाई उच्च सेवा पुर्याउन म र हाम्रो वडा टिम सेवा दिने कुरामा उच्च प्राथमिकतामा छ । सिकेको सीपलाई व्यवहारमा ल्याउन सके उद्यमशीलता र उद्योग मैत्री नेपाल बन्नेमा कुनै बिकल्प छैन । यहाहरुलाई थप तालिम दिन आगामी बजेटमा माग गरिने बताउनु भयो । ३९० घण्टा  चल्ने तालिम दैनिक ६ घण्टाको दरले चल्दा यहाहरुको सिप पूर्ण हुने बताउनु भयो । नागरिकको सेवामा १० नं वडा अध्यक्ष र सम्पुर्ण टिम अहाेरात्र लागिपरेको बताउनु भयो । वडा सदस्य पार्वती नेपालीले तालिममा सिकेका सिपहरुलाई व्यवहारमा लागु गर्न सके गरिबी निवारण हुने कुरामा दुई मत छैन । इमान्दार र निरन्तर उपस्थित भइ तालिम सिक्न सहभागीहरुलाई अनुरोध गर्नु भयो । उक्त बेसिक सिलाई कटाई कार्यक्रम सफल भविष्य प्रा.ली. का प्रमुख देवराज थपलियाको अध्यक्षतामा उद्घाटन कार्यक्रम सम्पन्न भयो ।