हलुका सवारी चालक तालिम उद्घाटन कार्यक्रम सम्पन्न
भरतपुर महानगरपालिका १५ द्वारा हलुका सवारी चालक (ड्राइभीङ) तालिम कार्यक्रम उद्घाटन समारोह सम्पन्न भएको छ । सेवा प्रदायक संस्था न्यु हाम्रो लेडिज मोटर ड्राइभीङ प्रशिक्षण केन्द्र र सहभागीहरु भरतपुर १५ का सम्पूर्ण टोल बाट एक एक जना प्रतिनिधित्व गरी सहभागितामा ३० जना भएको वडा सचिव चन्द्र प्रसाद आचार्य बताउनु भयो । सोही कार्यक्रमको उद्घाटन गर्दै वडा अध्यक्ष श्री कृष्ण देबकोटाले वडा बासीलाई एक घर एक सिप तालिम कार्यक्रम केहि वर्षमा सम्पन्न गर्ने योजना रहेको बताउनु भयो । भरतपुर महानगरपालिका वडा नं १५ ले यस वर्ष ३६ जनालाई बेसिक सिलाइ कटाई तालिम (प्रविधी) सिलाइ मेसिन सहित हस्तान्तरण गर्न लागेको बताउनु भयो ।बेसिक कम्प्युटर तालिम तर्फ ३० जनालाई तालीम दिन सुरु गरिसकेको बताउनु भयो । ड्राइभीङमा ३० जना, कम्प्युटर तर्फ ३० जना, सिलाइ कटाई तर्फ ३६ जना गरी जम्मा ९६ जनालाई सिप र तालिममा दीक्षित गरिने बताउनु भयो । यस वर्ष सिकेकाहरुलाई आगामी बजेटमा एडभान्स तालिमलाई बजेट छुट्टाईने बताउनु भयो । भरतपुर महानगरपालिका वडा नं १५ का वडा सदस्य पुष्पराज अर्यालले वडाका सम्पूर्ण नागरिकलाई सिप तालिम दिई प्रविधी हस्तान्तरण गरी उद्योग प्रवर्धनमा भरतपुर १५ को विशेष सहयोग रहने बताउनु भयो । आगामी वर्षको बजेटलाई ध्यानमा राखी गरिब बिपन्न, विदेश बाट नेपालमा नै केही गर्छु भनि फर्केकालाई विशेष प्राथमिकतामा राखी सिप तालिम प्रविधी हस्तान्तरण गरी कृषी र साना उद्योग स्थापनाको लागी विशेष प्राथमिकता दिइने बताउनु भयो । नागरिकले भोट दिई निर्वाचित गराएको अभिभावकको भूमिका निर्वाह गरिने बताउनु भयो । तालिममा सहभागी हुन् पाउदा वडाका नागरिकहरु अत्यन्त हर्षित भएको देख्न पाइन्थ्यो । सहभागीहरु जनताको प्यारो नेतालाइ निर्वाचित गराउदाको फल आज हामीले प्राप्त गरेका छौ भनी हर्षित देखिन्थे । तालिम उद्घाटन समारोहको क्रममा सम्बोधन गर्नु हुदै वडा अध्यक्ष श्री कृष्ण देबकोटाले आगामी वर्ष थप तालिम ल्याई उद्योग मैत्री वडा बनाउने बताउनु भयो । उक्त कार्यक्रम सेवा प्रदायक संस्थाका न्यु हाम्रो लेडिज मोटर ड्राइभीङ प्रशिक्षण केन्द्र भरतपुर चितवनको प्रमुख राजाराम परियारको सहभागिता थियो ।

